डिएसपीले चिकित्सक माथि कुटपिट गरे पछि …
वि.सं.२०७७ वैशाख ४ बिहीवार १५:२६
12.66K
shares
shares

काठमाडौं । गएराति त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकमाथि हातपात प्रकरण पछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्साललाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले डिएसपी लम्साललाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको हो। आवश्यक छानविन तथा कारबाहीका लागि महाराजगञ्ज वृत्तका इन्चार्जसमेत रहेका डिएसपी लम्साललाई मेट्रो तानिनुका साथै उक्त घटनामा संलग्न अन्य प्रहरीलाई समेत मेट्रोमा झिकाइ सोधपुछ भएको बताइएको छ। यसबिषयमा छानविन गर्न एक अलग्गै समिति समेत बनाइएको छ।













