रुकुम(पुर्व)मा पहिलो पटक एम्बुलेन्स: जनतामा देखियो खुशीको लहर

9.92K
shares

रुकुम । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले रुकुम(पुर्व) जिल्लामा पहिलो पटक एम्बुलेन्स उपलब्ध गरेको छ। झन्डै तीन वर्ष अगाडि छुटै जिल्लाको रुपमा रुकुम(पुर्व )कामकाज सहित छुट्टिए पछि यो उक्त जिल्ला एम्बुलेन्स विहीन भएको थियो।

एम्बुलेन्स अभावमा रुकुम(पुर्व) जिल्लाका जनता आकस्मिक उपचार सेवा बाट अहिले पनि बन्चित छन्। एम्बुलेन्स सुविधा विहीन हुँदा मर्कामा परेका जनता कयौं टाढा हिडेर वा सार्वजनिक यातायातको प्रयोग गरेर उपचारको लागी पुग्ने गरेका छन् ।

सरकारी अस्पतालमा एम्बुलेन्स सञ्चालन नहुँदा उक्त क्षेत्रका सर्वसाधारणले आकस्मिक उपचार सेवा बाट बन्चित हुदै आएका थिए तर प्रदेश-५ को सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स उपलब्ध गराउने भए पछि रुकुम पुर्वली जनतामा खुशी छाएको छ।

लु.अअ. चे ३४७ नम्बरको गोल्डेन टाटा एम्बुलेन्स जिल्ला अस्पतालको संरक्षण तथा रेखदेख गर्ने गरि प्रधान गरिएको प्रदेश- ५, सभामुखका स्वकीय सचिव धुव्र विक्रम ओलीले जानकारी दिएका छन् ।

ओलीका अनुसार रुकुमपुर्वका गाउपालिकाहरुमा पनि एम्बुलेन्स सेवाको लागि पहल भैरहेको बताएका हुन् । हाल रुकुम(पुर्व) मा तीन गाउँपालिका रहेका छन् ।

रुकुम(पुर्व) प्रदेश नम्बर ५ को एक मात्र हिमाली जिल्ला भएको कारण सबै गाउपालिकाहरुमा एम्बुलेन्स सेवा उपलब्ध हुँदा ठूलो राहत हुनेमा रुमपुर्वका जनताहरुको विश्वास छ।