काठमाडौ बाट १३ सय मजदुर विद्यार्थी दोलखा पुगे नेकपा नेता लामाको पहलमा

24.51K
shares

काठमाडौ । काठमाडौंमा करिब १ महिनादेखि लकडाउनमा निकै कष्टकर दिनहरु बिताएका दोलखालीहरु घर फर्किन पाउदा दङ्गै छन् । नेकपा दोलखाका नेताहरु शंकर लामा, विदुर शर्माको अगुवाई र मेलुङ गाउँपालिकाको सहयोगमा भक्तपुरबाट २३ वटा बसहरु दोलखा आइपुगेका छन् ।

जिल्ला फर्कनेहरुमा अधिकांश राजधानीमा मजदुरी गर्नेहरु रहेको मजदुर नेता सुन्दर केसीको बताउनु हुन्छ । भक्तपुरको गठ्ठाघर घर फर्कन आएका दोलखाहरु निकै उत्साहित देखिन्थे ।

त्यस्तै, यात्रु व्यवस्थापनमा जुटिरहेका नेता शंकर लामाले दोलखालीहरुको काठमाडौं बसाई निकै कष्टकर भएको गुनासो आएकोले जिल्ला फर्काउने व्यवस्थापन गर्नु परेको भनाई राख्नु भयो । उता, मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले सामाजिक सञ्जालमार्फत राजधानीबाट मेलुङ आउनेहरुलाई स्वागत समेत गरेका छन् । मेलुङ गाउँपालिका जानेहरुका लागि निशुल्क बसको व्यवस्थापन गरिएको हो ।

रविन्द्र कार्की, सुन्दर केसी, लोप्साङ लामा, छिरिङ लामा बसन्ता लामा , सज्जन लामा , र शैलेन्द्र खड्का लगायतका नेता तथा अगुवाहरु बैशाख ८ गते विहानदेखि नै बसहरुको व्यवस्थापन र दोलखा फर्कन इच्छुकहरु खोज्न दिनभर नै व्यस्त देखिन्थे ।
यस्तै, गौरीशंकर, विगु र तामाकोशी लगायतका स्थानीय तहका नागरिकहरु बोकेर अन्य ८ वटा बसहरु पनि दोलखा प्रवेश गरेका छन् ।

ती बसहरु भक्तपुर र काठमाडौंका विभिन्न ठाउँहरुबाट साँझ ८ बजेतिर छुटेका थिए । दोलखा फर्कनेहरुको सामान्य स्वास्थ्य परिक्षण पनि गरिएको जनाइएको छ ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083