त्यसको एक सातापछि बिद्यालयहरु पनि खोलिेनछन् । तर प्रत्येक कक्षामा बिद्यार्थीको संख्या भने नयाँ तरिकाले तोकिने छन् । तर प्रधामन्त्री विल्मेसले घोषित कार्यक्रम अनिवार्य रुपमा पारित हुने कुनै ग्यारेन्टि नै भने नभएको पनि स्मरण गराएकी छन् ।
बेल्जियममा ४४ हजार भन्दा बढि कोभिड १९ संक्रमित भेटिएका छन् । युरोपमै सबैभन्दा बढि वार्षिक प्रतिव्यक्ति आय भएको तथा १ करोड १४ लाख जनसंख्या भएको बेल्जियममा झण्डै ६ हजार ७ सय जनाको कोरोनाकै कारण ज्यान गइसकेको छ ।
ति मध्ये पचास प्रतिशत भन्दा बढि व्यक्तिको स्याहार केन्द«हरुमा मृत्यु भएको पाइएको छ । १२ मार्च देखि लागु भएको लक डाउन हटाउनका लागि शुक्रवार घन्टौं लामो छलफल भएको थियो ।

































