सबै होटलहरु ६ महिना बन्द, कर्मचारीले १२.५ प्रतिशत तलब पाउने

7.09K
shares

काठमाडौं । लकडाउनका कारण होटल एसोसिएसन अफ नेपाल (हान)ले वैशाख १ गतेदेखि आगामी ६ महिनासम्म होटलहरु बन्द गर्ने निर्णय गरेको छ। आइतबार संघका पदाधिकारी, पूर्वअध्यक्षहरु तथा होटल प्रतिनिधिसम्मिलित हानका अध्यक्ष सिर्जना राणाको नेतृत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

पर्यटन उद्योग १ वर्षसम्म चल्न नसक्ने भएकाले ६ महिना होटल बन्द गर्ने सहमति भएको हानले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। यसबीचमा यस क्षेत्रका श्रमिकहरु र आश्रित परिवारको व्यवस्थापन गर्नका लागि होटल बन्द भए पनि कामदारको आधारभूत तलबको १२.५ प्रतिशतले हुन आउने रकम दिने पनि निर्णय भएको विज्ञप्तिमा जनाइएको छ।

साथै सेवा शुल्क उपलब्ध गराउने होटलहरुले श्रमिकहरुले पाउने सेवा शुल्क मौज्दातबाट प्रत्येक महिना उपलब्ध गराइने पनि जनाइएको छ। तर हानको उक्त प्रस्तावमा श्रमिक नेता असहमत भएमा सोही समयदेखि सबै सदस्य होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीको प्रक्रिया चलाई सूचना दिएर आंशिक रुपमा वा पूर्ण रुपमा कर्मचारी कटौती गरिने हानले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083