जिविस पूर्वउपसभापति गड्तौलाको निधन
वि.सं.२०७७ वैशाख २६ शुक्रवार १४:१२
6.29K
shares
shares
कलैया।
तत्कालीन जिल्ला विकास समिति बाराका पूर्वउपसभापति ध्रुवप्रसाद गड्तौलाको काठमाडौमा आज निधन भएको छ । उहाँ लामो समयदेखि मुटुरोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ प्रजातान्त्रिक आन्दोलनका योद्धा समेत हुुनुुहुन्थ्यो । उहाँका दुई छोरा र एक छोरी छन् ।
यसैबीच नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र चौरसियाले गड्तौलाको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको जनाउनुभएको छ । आज एक प्रेश विज्ञप्ति प्रकाशित गर्दै उहाँले शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बाराको महागढीमाई नगरपालिका–१० गञ्जभवानीपुरका एक युवकको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएकोे छ । मृत्यु हुनेमा ना४६प ३६६९ नंका मोटरसाइकल चालक २५ वर्षीय पशुराम यादव रहेको प्रहरीले जनाएको छ ।













