नेपालको नक्सामा लिम्पियाधुरा नभएको मन्त्री अर्यालको दाबी

9.27K
shares

काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबि निवारणमन्त्री पद्मा अर्यालले नेपालको नक्सामा लिम्पियाधुरा इतिहास देखिनै नेपालको नक्सामा नभएको बताए कि छन् । कालापानी र लिपुलेक अहिले नेपाली नक्साभित्रै रहेपनि लिम्पियाधुरा इतिहासदेखिनै नभएको बताएकि हुन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै मन्त्री अर्यालले लिम्पियाधुरा नक्सामा नदेखिएपछि यो सहित राखेर नेपालको नक्सा प्रकासित गर्ने तयारी भइरहेका बेला नेपाल भारत सीमा बार्ताको कुरा आएकाले नक्सा प्रकाशनमा ढिलाई भएको जानकारी दिएकि हुन् ।

उनले भारतले नक्सामा यी भूभागहरु राखेर प्रकासित गरेपछि यो कसरी पर्यो भन्ने विषयमा नेपाल सरकारले भारतसँग चासो राखेको दावी गरीन ।उनले सीमाका विषयमा अहिलेको सरकारले पटक पटक भारत सरकारलाई नोट जारी गरी कुटनीतिक छलफलको तयारी गरिरहँदा कोरोना संक्रमण फैलिएकाले रोकिएको जनाइएको हुन् ।

मन्त्री अर्यालले भारत चीनका वीचमा भएको सहमतिको कुरामा पनि नेपाल सरकारले पहिले देखिनै उठाएर विरोध जनाउदै आएको दावी गरिन ।नेपाल भारत सीमा क्षेत्रमा देखिएको विवाद समाधान गर्न नेपाल सरकारले बारम्बार पत्र पठाएको तर, उताबाट केही ढिलाई भएको मन्त्री अर्यालको तर्क छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083