सरकारलाई अनेरास्ववियू र राष्ट्रिय युवासंघ नेपालको संयुक्त ज्ञापन

9.84K
shares

काठमाडौ । अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपालको संयुक्त ज्ञापन पत्र परराष्ट्र मन्त्री प्रदीप ज्ञ्वालीलाई बुझाए छन् । लिपुलेकमा भारतले गरेको सडक विस्तारबारे संयुक्त ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र भनिएको छ अब सरकारले वक्तव्य मात्रै निकालेर नपुग्ने भन्दै कुटनैतिक रुपमा दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेको हो

अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपालको संयुक्त ज्ञापन आइतबार परराष्ट्र मन्त्री ज्ञ्वालीलाइ बुझाउदै लिपुलेक बारेको पछिल्लो प्रकरण सार्वजनिक भए लगत्तै यसबारे सरकारले उचित कदम चाल्न माग गरेको बताएका हुन् ।

‘चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचार बारे सरकारले उच्चस्तरीय कुटनैतिक पहल मार्फत दीर्घकालीन समाधान खोज्न पर्ने बताएका हुन् ।

भारतीय सेना रहेको कालापानी लगायतका भूमी नेपालको हो, त्यहाँबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ र सिमानाको नदी महाकाली पूर्वका हाम्रा सबै भू–भाग फिर्ता गर्न सरकारले उच्च स्तरीय कुटनैतिक र राजनैतिक पहल गर्न अनुरोध छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083