लकडाउनको सदुपयोग: भोजपुरका युवाहरूले खेलमैदानमा दुबो रोप्दै !
वि.सं.२०७७ वैशाख २८ आइतवार १६:५८
shares

भोजपुर । कोभिड–१९ महामारीको अवधिमा विश्वभर धेरै ठाउँमा लकडाउनको अवस्था छ। यो लकडाउनको अवधिमा युवाहरूले विभिन्न सिर्जनात्मक कार्यमा र कृषि उत्पादनमा आफ्नो समयको सदुपयोग गरीरहेका छन् भने कतै मनोरञ्जनात्मक सामाग्री बनाएर समयको समयको सदुपयोग गरीरहेका छन् ।
तर भोजपुरमा भने युवाहरूको फरक गतिविधि रहेको छ। भोजपुरका युवाहरूले जिल्लाको स्थानीय खेलमैदान (टुडिखेलमा) दुबो रोप्ने काम गरीरहेका छन् ।
नमुना फुट्बल क्लबको सचिब सन्तोष भुजेलको नेतृत्वमा करिब २० जना युवाहरुले जिल्ला फुट्बल समिती संग समन्वय गरि सामाजिक दुरि कायम गर्दै दुबो आज (आइतबार) रोप्ने कार्यक्रम भैरहेको बेनुप खत्रीले जानकारी दिए।
दुबो रोप्ने कार्यक्रममा बिनम श्रेष्ठ, तुफान किराँती, बिकाश श्रेष्ठ,पारस तामाङ, राजकुमार मोक्तान, निर्मल तामाङ,राम नेपाल, सुबाश तामाङ, अशिश श्रेष्ठ, विशाल मोक्तान(जोजो कवि), सुजन तामाङ, ऋषि बिष्ट, निशान किराँती(ह्यारी), गौतम नेगि, शुभपाल राई, राजेश बुढाथोकी(ज्याक) लगायत युवाहरु सहभागी भएका थिए।
यसरी सामाजिक दुरी कायम राख्दै गाउँघरमा पुगेका युवाहरूले विभिन्न सिर्जनात्मक तथा रचनात्मक काम र गतिविधि गरिरहेका छन् ।


































