माओ र देंगका दोभाषेको निधन

13.01K
shares

बेइजिंग,एजेन्सी ।

चिनियाँ नेता माओ जेदोंग देखि देंग सियाओपिंग सम्मका लागि अंग्रेजी भाषाको अनुवादको तथा संयुक्त राष्ट्र संघको सहायक सचिवको भुमिका निभाएका तथा नामुद चिनिया कुटनीतिज्ञ जि चाओझुको ९० वषको उमेरमा निधन भएको विहिवार चीनको विदेश मन्त्रालयले जनाएको छ ।

आफ्नो लामो कुटनीतिक जीवन यात्राको क्रममा जिले वेलायतका लागि चीनका राजदुत पनि बनेका थिए । कोरियाली युद्धका ेदैरान उनी हर्वार्ड विश्वविद्यालय छोडेर चीन फर्केका थिए । सो युद्धमा अमेरिका तथा चीनका फौजको पनि संलग्नता रहेको थियो ।

अत्यन्तै प्रतिष्ठित सिन्ग्वा विश्वविद्यालयमा केहि समयको अध्ययन पछि नै उनको अंग्रेजी भाषाको पोख्तता कारण उत्तर र दक्षिण कोरियाबिचको पान्मुन्जोन गाउँमा शान्ति वार्तामा सहयोग गर्न उलाई नै खटाइएको थियो ।

उनी प्रधानमन्त्री तथा विदेश मन्त्री चाउ एनलाइके पनि भाष्ष अनुवादक रहेका थिए । जिको गत २९ अप्रिलमा राजधानी बेइजिंगमा अज्ञात रोगको कारण निधन भएको चिनियाा विदेश मन्त्रालयले एसोसिटेड प्रेसलाई जानकारी गराएको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083