प्रधानमन्त्री ओली र मोदीको पुत्ला दोहन: देशका विभिन्न स्थानमा प्रदर्शन
वि.सं.२०७७ वैशाख २९ सोमवार १४:१४
9.76K
shares
shares

काठमाडौँ । नेपाली भूमि लिपुलेकमा सीमा अतिक्रमण गर्दै भारतले सडक निर्माण गरेपछि यतिबेला नेपालमा उक्त कदमको विरोध भइरहेको छ । कोरोनाभाइरसका महामारीका बीच लागू गरिएको लकडाउनका बावदुद अहिले दैनिक रुपमा राजधानीका सडकमा विरोध–प्रदर्शन भइरहेका छन् ।
सोमबार पनि युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । काठमाडौँको बबरमल क्षेत्रमा जम्मा भएका प्रदर्शनकारीले भारत विरोधी नारा लगाउनका साथै सरकारको आलोचना गरेको थियो । प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।


































