नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुग्यो
वि.सं.२०७७ जेठ ११ आइतवार १६:३९
9.05K
shares
shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ६०३ जना पुगेको छ ।संक्रमितहरुमध्ये ५२४ जना पुरुष र ७९ जना महिला रहेका छन् । आईतबार १९ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले बताएका छन् ।
मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यस्तै हालसम्म ८७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।





















