रुकुम घटना: ४ जनाको शव फेला, लोकेन्द्रको शव हात बाँधेर फ्याकिएको अवस्थामा फेला
वि.सं.२०७७ जेठ १४ बुधवार १७:२८
21.27K
shares
shares

जाजरकोट। जेठ १४- मल्ल थरकी युवती भगाउन गएका जाजरकोट भेरी नगरपालिका ४ रानागाउँका नवराज विकसहित जेठ १० गते रुकुम चौरजहारी ८ सोतीस्थित भेरी नदिबाट हराएका एक जनाको शव बुधबार फेला परेको छ ।
जाजरकोट भेरी नगरपालिकाकै लोकेन्द्र सुनारको ५ दिनपछि जाजरकोट भेरी नगरपालिका १ कुदुमा फेला परेको छ । उनको शव डोरीले हात बााँधेको अवस्थामा फेला परेको हो । घटनास्थलमा पुगेका अनुसार सुनारको शव हत्या गरी डोरीले बाधेर नदीमा फालेका अवस्थामा फेला परेको स्थानीय पत्रकार लोकेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।
आजसम्म नवराज विकसहित वेपत्ता भएका ४ जनाको शव फेला परेको छ । अहिलेसम्म लाकेन्द्र सुनार, नबराज बिक,गणेश बुढा र टिकाराम सुनारको शव भेटिएको हो । उनीहरु सबैको शवमा चोटपटक देखिएको छ ।































