सरकार विनायोजना कोरोना विरुद्ध लड्दा, महामारी झनै फैलियो!

11.13K
shares

केहि समयअघिदेखि हालसम्म विश्व मानव समुदाय कोरोना भाइरसविरुद्ध लडिरहेका छन् । विश्व हाल बन्द अवस्थामा छ, लकडाउनको अवस्थामा छ, मानिसहरु घरमा सुरक्षित साथ बसेको धेरै दिन भइसक्यो ।

इटाली, स्पेन जस्ता कोरोना भाइरसको संक्रमण उच्च विन्दुमा पुगेका देशहरु क्रमश कम गर्न लागिपरेका छन । भारत, ब्राजिल जस्ता देशहरुमा संक्रमण दर उच्च विन्दुतर्फ गइरहेको अवस्था छ । केहि देश लकडाउनकै बीच अर्थ क्षेत्र चलायमान बनाउन उद्योग, कलकारखाना, यातायात सञ्चालन गर्न लागिरहेका छन् । चिनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस हाल वुहान शहरले संक्रमण संख्या करिब शुन्यमा झारेको छ । वुहान शहरमा नौ दिनमा एक करोड जनसंख्याको कोरोना भाइरस परीक्षण गरेको तथ्य पनि बाहिर आएको छ ।

नेपालमा भने दिनानुदिन कोरोना भाइरस संक्रमण दर बढिरहेको छ । सडकमा मानिसहरुको चहलपहल बढिरहेको छ । पसलहरु खुल्ने क्रम बढेको छ । लामो समयदेखिको लकडाउनले जनता आक्रान्त भएका छन, सरकारको काम गराइ देखेर जनताको आक्रोस दिनानुदिन बढिरहेको छ । कोरोना भाइरसविरुद्ध निर्णय गर्ने, निर्णयलाई कार्यान्वयन गर्न योजनाविहिन अवस्थामा सरकार छ ।

आज नेपाल सरकार विना योजना कोरोना विरुद्ध लडाइमा क्रमश हार्नेतर्फ भनौ वा महामारीतर्फ उन्मुख गइरहेको छ ।

माघ ८ गते नेपालमा पहिलो कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसको करिब दुई महिनापछि मात्र अर्थात चैत १० गते दोश्रो संक्रमित व्यक्ति भेटिएको थियो । पहिलो संक्रमित पुष्टि हुँदा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको प्रकोपलाई विश्वव्यापी चासोको आपत्कालिन अवस्था पनि भनेको थिएन । सबैभन्दा पहिले भाइरस देखिएको चीनमा त्यतिबेला सम्म संक्रमित संख्या एक हजार भन्दा कम संख्या थियो ।

पहिलो संक्रमित देखिनसाथ कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारसँग यथेस्ट समय थियो । सरकार कोरोनाविरुद्धको निश्चित योजनाका साथ लागेको भए आजको अवस्थामा आउने थिएन, सम्पर्क व्यक्तिहरुको पहिचानको क्रम र परीक्षणमा तीव्रता दिने योजना नहुनु नै आजको तीव्र कोरोना भाइरसको संक्रमणको कारण हो ।

सरकारले लकडाउन गर्नुअघि कोरोना संक्रमण परीक्षण किट खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । ३० दिने बोलपत्र आह्वानमा १९ वटा आवेदनकर्ताले आवेदन दिए, सरकारले चैत ११ गते लकडाउन गर्यो, लकडाउन पश्चात ति आवेदनकर्तालाई रद्द गरी सरकारले स्वास्थ्य सामाग्री खरिद गर्‍यो !


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083