हामीले बनाएको कोरोनाविरुद्धको खोप विश्वका लागि उपलब्ध हुन्छ : चीन
वि.सं.२०७७ जेठ २५ आइतवार १३:२७
9.19K
shares
shares

काठमाडौँ । चीनले आफूले निर्माण गरेको कोरोनाविरुद्धको खोप विश्वको लागि उपलब्ध हुने बताएको छ।चीनका विज्ञान तथा प्रविधिमन्त्री वाङ जिहाइजाङले आइतबार पत्रकार सम्मेलनमा चीनले बनाएको खोप विश्वका लागि उपलब्ध हुने बताएका हुन्।
सो क्रममा मन्त्री वाङले विश्वभर कोरोनाविरुद्धको खोप निर्माणमा अन्तर्राष्ट्रियस्तरमा सहकार्य अपरिहार्य भएको उल्लेख गरे। उनले हाल चीनमा खोप निर्माणमा उल्लेखनीय प्रगति भइरहेको जानकारी दिए। सिन्ह्वा































