“एमसीसीको विरोधमा अब देशका कुना-कुना बाट आन्दोलन छेड्छौ”- नेता दुतराज तामाङ
वि.सं.२०७७ जेठ २७ मंगलवार १२:१८
shares

काठमाडौँ – अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)को विरोधमा काठमाडौँमा कालो बेलुनसहित प्रदर्शन भएको छ ।
काठमाडौँको माइतीघरमा सोमबार कालो बेलुनसहित प्रदर्शन गरिएको हो। प्रदर्शनकारीहरुले एमसिसी राष्ट्रघाती रहेकोले त्यसलाई स्वीकार गर्न नहुने भन्दै चर्का नाराबाजी गरेका छन् ।
एमसिसीको विरोधमा काठमाडौँमा दिनहुँ प्रदर्शन भइरहेको र यसखाले विरोध कार्यक्रम भोलि को दिनमा पनि झन ससक्त रूपमा आगाडी बढाउँने आन्दोलनरत अनेरास्ववियू नेता दुधराज तामाङ्गले बताए । साथै देश को हरेक ठाँउ-ठाँउ बाट आन्दोलन गर्न युवाहरलाई आवहान पनि गरेका छन् ।
सोमबारको विरोध कार्यक्रम मा विद्यार्थी नेता उपदेश यादव, निर्ग जैसी, समीर बुढाथोकी,निरोज श्रेष्ठ, पूजा कडेल, रोजिना श्रेष्ठ , भूमिराज अधिकारी लगायत विभिन्न संघ संगठन को नेता हरुको उपस्थिती थिए ।































