जनगायक “टुहुरे फाउण्डेसन भवन” शिलान्यास शुक्रबार सम्पन्न !

12.45K
shares

विराटनगर । जनगायक जेवी टुहुरेको नाममा स्थापित जेवी टुहुरे फाउण्डेसनको भवन सुनसरीको इटहरी उपमहानगरपालिकामा मेयर द्वारिकलाल चौधरीको प्रमुख आतिथ्यतामा शुक्रबार भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार भवनको शिलान्यास भए पछि भवन बन्ने पक्का भएको हो।

जनवादी गायक तथा गीतकार टुहुरे संगीतको क्षेत्रमा झण्डै आधा शताब्दी अघिदेखि निरन्तर सेवारत हुनु हुन्छ। टुहुरेका नाममा २०७५ सालमा फाउण्डेसन स्थापना गरिएको हो।

उपमहानगरपालिकाले उपलब्ध गराएको १० कठ्ठा क्षेत्रफलको जग्गामा भवनको शिलान्यास गरिएको फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले बताएका छन् ।
फाउण्डेसनले भविष्यमा प्रतिभा भएका तर गरिबीले गर्दा उजागर गर्ने मौका नपाएकाहरुलाई सांगितिक क्षेत्रमा मद्दत गर्ने छ । भवन निर्माणका लागि प्रदेश नं. १ सरकारले चालू आर्थिक वर्षमा ४० लाख रुपैयाँ उपलब्ध गराएको छ । ७६ वर्षअघि धरानमा जन्मिएका जनगायक टुहुरे दोस्रो संविधानसभाका सदस्य समेत हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083