लकडाउन खुकुलो पहिलो दिन: चार सय ४८ संक्रमित थपिए, कुल संक्रमितकाे संख्या पाँच हजार नाघ्यो!

10.74K
shares

काठमाडौ । देशभर शुक्रबार थप चार सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा संक्रमितकाे संख्या पाँच हजार नाघेकाे छ । हालसम्म कुल संक्रमित संख्या पाँच हजार ६२ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गाैतमले साे जानकारी दिएका हुन् ।  मन्त्रालयका अनुसार पछिल्लाे २४ घन्टामा १६ संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेकाे संख्या आठ सय ७७ पुगेकाे गाैतमले बताए । डिस्चार्ज हुनेमा  सात सय ८६ पुरुष र ९१ महिला रहेका छन् । त्यसैगरी रेडजोनमा चार सय ९५ रहेका छन् । आज मात्र तीनजना रेडजाेनमा थपिएको गाैतमले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083