संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने जसपाको निर्णय !

7.55K
shares

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने भएको छ। शुक्रबार बसेको पार्टीको पदाधिकारी बैठकले सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

संसद् प्रस्तुत संविधान संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको जसपाका नेता केशव झाले जानकारी दिए। नेपालको नयाँ नक्साअनुसार निशान छापलाई परिमार्जनका लागि नेपालको संविधानको अनुसूची–३ संशोधन गर्न संसद्‍मा संविधान संशोधनका लागि विधेयक प्रस्तुत गरिएको छ।

यसअघि तत्कालीन राजपा र समाजवादी पार्टीले संविधान संशोधनको छुट्टै विधेयक संसद् सचिवालयमा दर्ता गराएका थिए।  जसपाकी सांसद सरिता गिरीले सरकारले प्रस्तुत गरेको विधेयक फिर्ता लिन माग गर्दै संसद् सचिवालयमा छुट्टै विधेयक दर्ता गराएकी हुन्।
उक्त विधेयक फिर्ता लिन समाजवादी पार्टीको संसदीय दलले निर्देशन दिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083