सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत,समाजवादी संसदहरुले संशोधन प्रस्तावमा मतदान गर्ने !

8.46K
shares

काठमाडौं : समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपालको नयाँ नक्साविरुद्ध हालेको संविधान संशोधनको सूचना सभामुख अग्‍नि सापकोटाले अस्वीकृत गरिदिएका छन्।

अब मूल विधेयकमात्रै पेस हुनेगरी कार्यसूची प्रकाशन भइसकेको छ। संसद सचिवालयका अनुसार सभामुख सापकोटाले संशोधन सूचना अस्वीकृत गरेरपछि कार्यसूची प्रकाशन भएको हो।
गिरीले अघि सारेको उक्त संशोधन स्वीकारयोग्य हुन नसक्ने जनाउँदै सभामुख सापकोटाले प्रमाणित नगरिदिएपछि आजै नयाँ नक्साले संसदबाट आधिकारिकता पाउनेछ।
सभामुख सापकोटाले पूरै दफा खारेजीको माग स‌ंविधानको आधार र सिद्धान्त विपरीत रहेको ठहर गरे प्रमाणित नगरिदिएका हुन्।
विधेयक मंगलबार सैद्धान्तिक छलफलपछि संशोधन दर्ताका लागि अनुमोदन भएको थियो। विधेयक अनुमोदन भएपछि शुक्रबारसम्म संशोधन प्रस्ताव दर्ताको समय थियो। जसमा गिरीको एकमात्र संशोधन दर्ता भएको छ ।
गिरीले संविधान संशोधन विधेयकको दफा २ खारेजीको माग गर्दै संशोधन प्रस्ताव गत बुधबार दर्ता गरेकी थिइन्। उक्त विधेयकको दफा २ मा मूल संविधानको धारा (९२) सँग सम्बन्धित अनुसूची ३ को व्यवस्था छ। उक्त अनुसूचीमा नेपालको नक्सासम्बन्धी व्यवस्था गरिएको छ।
गिरीले आवश्यक प्रमाणबिना नै नक्सा जारी गरेको भन्दै उक्त संशोधन हटाउन माग गरेकी थिइन्। जसलाई समाजवादी पार्टीले पनि फिर्ता लिन भनिसकेको छ। शनिबारै बसेको समाजवादीको बैठकले पनि संशोधन प्रस्ताव फिर्ता लिन भनेको थियो। तर उनले सोचेर जवाफ दिने बताएकी थिइन्।
यता समाजवादी पार्टी संसदीय दलको बैठकले संविधान संशोधनको पक्षमा उभिन सबै सांसदहरुलाई ह्विप जारी गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083