जेठमा मात्रै ६ अर्ब राजस्व संकलन

6.4K
shares

काठमाडौं । आन्तरिक राजस्व विभागका अनुसार जेठ ३१ गते शनिवारसम्ममा साढे ११ अर्ब राजस्व उठेको छ भने समग्र लकडाउन अवधिमा करीब ३८ अर्ब राजस्व संकलन भएको छ ।

राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरका अनुसार करदातालाई कुनै ताकेता नगरे पनि अदालतको आदेशपछि पनि सोहीअनुसार अघि बढ्ने विभागको तयारी छ । उनका अनुसार कार्यालयमा कर बुझाउन आउने ठूला करदाता बढिरहेका छन् ।

जेठमा मात्रै ६ अर्ब राजस्व संकलन भएको ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले बताए । उनका अनुसार करदातालाई कार्यालयले कुनै दबाव नदिए पनि उक्त राजस्व संकलन भएको हो ।

एनसेल, सूर्य नेपाल, दूरसञ्चार प्राधिकरण र विभिन्न सार्वजनिक संस्थानले कर बुझाएको उनको भनाइ छ । ‘कर बाँकी राखेर पछि भार पर्ने भएकाले पनि कुनै ताकेताविनै राजस्व बुझाउन आउने बढेको देखियो,’ अधिकारीले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083