विश्व बैंकद्वारा ५४ अर्ब सहयोग

6.63K
shares

काठमाडौं । विश्व बैंकले कोरोना प्रवावबाट पुर्नउत्थान गर्नका लागि ४ सय ५० मिलियन अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ । बैंकले कोभिड–१९ पछि नेपालको अर्थतन्त्र सुधारका लागि नेपाली मुद्रा करिब ५४ अर्ब २८ करोड २७ लाख ८० हजार रुपियाँ सहयोग स्वीकृत गरेको हो ।

बैंकले विषेश गरी महिला उद्यमशीलता विकास, सडक विस्तार र सुरक्षा, रोजगारी सिर्जना र सीमा व्यापार विस्तारको लागि सो सहयोग गरेको जनाएको छ ।

‘कोभिड–१९ को सन्दर्भमा नागरिकको जीवन रक्षा र आर्थिक पुनरुत्थानको आवश्यकता बराबर प्रथामिकतामा हुनुपर्छ ।’ नेपालका लागि विश्व बैंकका कन्ट्री म्यानेजर फरिज हदाद–जर्भोसले भन्नुभयो– ‘हाम्रो समर्थन नेपालमा कोभिड–१९ पछि को पुर्नउत्थान बाटो सहज बनाउनमा हुनेछ, जसमा सुरक्षित सडक निर्माण गरी मानिसलाई सामान ढुवानीमा सहजिकरण गर्ने, रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादन र सेवाको माग वृद्धि गर्ने हो ।’

उहाँले नेपाललाई कोरोनासँग लड्न, सुरक्षित सडकमा चाँडो र सुरक्षित यात्रा तथा सामान ढुवानीका परियोजनामा केन्द्रित रहेर सहयोग गरिएको पनि बताउनुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083