अमेरिकी डलरको मूल्य बढ्यो
वि.सं.२०७७ असार २ मंगलवार ०९:४५
16.48K
shares
shares

काठमाडौं । डलरको मूल्य बढेको छ । विश्व अर्थतन्त्रमा कोरोना प्रभाव जारी रहँदा लगानीकर्ताको ध्यान डलरमा आकर्षित भएपछि डलरको मूल्य बढेको हो । अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको विनिमय दर पनि ओरालो लागेको छ ।
नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १२१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ९४ पैसा तोकेको छ । सोमबार एक अमेरिकी डलरको खरिद दर १२१ रुपैयाँ ५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ६५ पैसा थियो । पछिल्लो केही दिनदेखि डलरको भाउ उच्च विन्दुमा पुगेर रोकिइरहेको छ ।
नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारुमा आएको उतारचढावको प्रत्यक्ष प्रभाव नेपालको विनिमय प्रणालीमा पनि पर्छ । डलरसँग भारु जुन दरमा अवमूल्यन हुन्छ त्यही अनुसार नेपाली मुद्राको पनि अवमूल्यन हुन्छ ।





























