बागलुङबाट गोरु काट्ने ९ जना पक्राउ

9.28K
shares

बागलुङ ।बागलुङको ढोरपाटन नगरपालिका–४ धाइवाङका स्थानीय ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। ढोरपाटन नगरपालिका–४ का झकबहादुर कामी, वीरेन्द्र सिर्पाली, बिष्णु रसाइली, कोपिल सिर्पाली, सोम बहादुर कामी, लाल बहादुर पुन, रोहन बिक, कुल बहादुर कामी र थम बहादुर गोतामलाई गोरु काटेको आरोपमा बुधबार साँझ घटनास्थल ९जंगल०बाटै नियन्त्रणमा लिएको हो ।

सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बुर्तीवाङ प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।पक्राउ परेका उनीहरूलाई नै सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय ल्याइ अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।


divya collage
unigloble collage