क्यान्सर समेत निकोपार्ने जमरा जुसले कोरोना भाइरस निको पार्न सक्छ !

10.74K
shares

काठमाडौ । अहिले विश्वनै कोभिड-१९ अर्थात् कोरोना भाइरसले आक्रान्त बनेको छ । तर यति बेला अदुवा,लसुन, बेसार, गुर्जा जस्ता विभिन्न जडिबुटीको प्रयोगले कोरोना भाइरस बाट वचन सकिन्छ भन्दै प्रयोग र प्रचार भैरहेको छ।

तर हरेक रोगको अचुक उपचार कै हदसम्म जमराको जुस नियमीत सेवनकर्ता तथा क्यान्सर रोग बाट निको भएकि एक महिलाको दाबी छ। तर यो बारे प्रचारप्रसार भने हुन सकेको छैन । क्यान्सर समेत निको पार्ने जमारा जुसले कोरोना भाइरस सजिलै निको पार्ने उनले दाबी गरिन।

खासगरी, चिकित्साका विविध उपाय र विधिहरु अपनाउँदा पनि निको हुन नसकेको रोग जमराको जुसको सेवनले विसेक भएको, क्यान्सर निको भएको, डाइबिटिज ठीक भएको जस्ता चर्चा परिचर्चाले जमराको जुसको सेवन गर्ने प्रवृत्ति ह्वात्तै बढेको थियो ।

हुँदा हुँदा त विभिन्न अनलाइन तथा भाँडाका व्यापार गर्नेहरुले जमराको जुस निचोर्ने विशेष मेशिनकै समेत व्यापार व्यापक रुपमा गर्ने गरेका थिए। सजिलै बनाउन सकिनेे  खर्च धेरै पनि लाग्दैन, बनाउन समय पनि लाग्दैन । यद्यपी त्यसबाट स्वास्थ्यमा भने चमत्कारिक लाभ मिल्छ ।

यसले अमीनो एसिड, इन्जाइम, भिटामिन र प्रोटिनको राम्रो स्रोत हो । यी पोषक तत्वले शरीरको मृत्त कोशिकालाई पूनर्जीवन दिन्छ र पीएच लेभल सन्तुलित राख्छ ।हामीले दशैंमा जसरी जमारा उमार्छौ, ठिक उसैगरी गहुँ को जमरा उमार्न सकिन्छ । यसलाई प्रकृतिको अनमोल देन मानिन्छ । किन ?

भेज वा ननभेज खानुभन्दा बढी गुणकारी एवं फाइदाजनक हुन्छ, गहुँ को जमराको जुस । यसले शरीरमा अक्सिजनको कमी पुरा गरेर शक्ति प्रदान गर्छ । यसले कमजोर हटाउँछ । शरीरको उर्जा बढाउँछ । त्यस कारण यसको प्रयोगले कोरोना भाइरस बाट बच्न सकिन्छ कि भन्ने आयुर्वेदिक डाक्टरले अनुमान गरेको बताए तर यस बारे परिक्षण भने हुन सकेको छैन ।

जुस सेवनको के छ त फाइदा ?

छालालाई जवान राख्ने – छालालाई जवान, चम्किलो, मुलायम राख्नका लागि गहुँ को जमराको जुस एकदमै प्रभावकारी हुन्छ । किनभने यसमा प्राकृतिक न्यूटि्रशन र एन्टि अक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ । यी तत्वले शरीरमा बुढोपन आउन दिदैन । नियमित रुपले यो पेय पिउँदा छाला हाइड्रेट रहन्छ । छालाको दाग, धब्बा पनि हट्छ । चाहुरीपन हट्छ ।

केसलाई कालो र स्वस्थ्य बनाउँछ – समय नपुगी कतिको केस फुल्ने गर्छ । हाँगा फाट्ने, रुखो हुने, झर्ने समस्या पनि धेरैले झेलिरहेका हुन्छन् । यदि दिनहुँ गहुँ को जमराको जुस पिउने हो भने केसका यी तमाम समस्या हट्छ ।

होमोग्लोबिन बढाउँछ – गहुँ को जमराको जुसले शरीरमा रक्त संचार प्रक्रिया चुस्त बनाउँछ । यसले शरीरमा नयाँ रगत बनाउँछ र पुरानो रगत विस्थापित हुन्छ । साथै शरीरमा हेमोग्लोबिनको मात्रा पनि बढाउँछ ।

ब्लड शुगर नियन्त्रण गर्छ- मधुमेह नियन्त्रणका लागि पनि गहुँ को जमराको रस पिउनुपर्छ । यसले रगतमा ग्लूकोजको मात्रा नियन्त्रण गर्छ ।

क्यान्सरको उपचार- गहुँ को जमराको जुसमा क्यान्सर प्रतिरोधी क्षमता हुन्छ । यसमा रहेको क्लोरोफिलले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । किमोथेरापी वा रेडियोथेरापीको क्रममा पनि यस्तो रस पिउन सल्लाह दिइन्छ ।

कब्जियतको उपचार- कब्जियतको समस्या झेलिरहेकाहरुले पनि गहुँ को जमराको जुस सेवन गर्न सक्छन् । यसले शरीरको पाचन क्रिया चुस्त राख्छ ।

अन्य लाभ

  • पोलेको वा काटेको घाउमा गहुँ को जमराले औषधीको काम गर्छ ।
  • गलाको कुनैपनि इन्फेक्सन क मगर्न यो उपयोगी हुन्छ ।
  • उच्च रक्तचापका रोगीहरुले नियमिन रुपमा जौको जमराको जुस पिउनुपर्छ ।
  • यसले मोटोपन नियन्त्रण गर्न पनि सहयोग गर्छ ।

कहिले पिउने ?

  • यो जुस पिउनका लागि कुनै निश्चित समय हुँदैन । तर, यो जुस पिउनुभन्दा आधा घण्टा अघि वा पछि खानपिन गर्नु हुँदैन ।
  • बिहान खाली पेटमा गहुँ को जमराको जुस पिउनु बढी फाइदाजनक हुन्छ ।
  • चिसोमा, रुघामा, टाउको दुखेको बेला, पखला लागेको बेला, कब्जियत हुँदा गहुँ को जमराको जुसले फाइदा गर्छ ।


divya collage
unigloble collage