आजदेखि केही दिन लगातार वर्षाको सम्भावना

8.31K
shares

काठमाडौ । आज (बुधबार) बिहानै नेपालमा मनसुनको शक्तिशाली नयाँ प्रणाली विकास भएकाले लगातार झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार हिजो (मंगलबार) सम्मको प्रणाली कमजोर हुँदै आज बिहानै नयाँ प्रणाली विकास भएको हो।
उनका अनुसार बंगालको खाडीबाट बढी मात्रामा जलवाष्पयुक्त हावा भित्रिन सुरु भएको हो। यो हावा देशको पूर्वी क्षेत्रबाट भित्रिरहेको छ। जसका कारण नेपालको पूर्वी भूभागनजिकै मनसुनको न्यून चापीय रेखा बनेको छ।

‘आजदेखि देशभर झरी पर्ने सम्भावना छ,’ बुधबार बिहान मौसमविद् श्रेष्ठले नेपालखबरसँग भने, ‘विशेष गरी पूर्वका प्रदेश १ र २ मा बढी झरी पर्ने सम्भावना छ।’
मौसमविद् श्रेष्ठका अनुसार पूर्व झापा, मोरङ, सुनसरी, धनकुटालगायत आसपास क्षेत्रमा बिहानैदेखि झरी परिरहेको छ भने पश्चिम कास्की, जुम्ला, हुम्ला कालिकोट, सुर्खेत पनि बिहानैदेखि वर्षा भइरहेको छ। कैलाली र कञ्चनपुरबाहेक सुदूरपश्चिम प्रदेशमा पनि बिहानैदेखि पानी परिरहेको उनले जानकारी दिए।
‘ठूलो वर्षा दुईखालको हुन्छ– एउटा थोरै समय तर ठूलो पानी पर्ने, अर्काे ठीकै खालको वर्षा तर लामो समय भइरहने,’ ’ मौसमविद् श्रेष्ठले भने, ‘अहिले दोस्रो खालको वर्षा हुने देखिएको हो।’


divya collage
unigloble collage