रुकुम घटनाको विरुद्धमा धरानमा दलित र गैरदलितको विरोध प्रदर्सन!
वि.सं.२०७७ असार १० बुधवार २१:४७
shares

धरान । रुकुम पश्चिम चौरजहारि -८ सोतीमा भएको घटनाको विरोधमा धरानका अधिकारकर्मि, दलित अग्रज,राजनितीकर्मि, विद्यार्थी लगायतले सिटि बजाएर विरोध गरेका छन्। संयुक्त दलित संघर्ष समितिको आयोजनामा गरेको कार्यक्रममा धरानका दलित तथा गैरदलितको बाक्लो उपस्थिति थियो उक्त विरोध प्रदर्सन गरेका हुन् ।
संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै छुवाछूत मुक्त राष्ट्र घोषणा भएको आज १४ वर्ष पुगेको छ तर अन्तजातिय प्रेमका कारण रुकुममा भएको ६ जनाको हत्याका कारण अहिले देशभरिका दलित समुदाय तथा सरोकार राख्ने जनता आन्दोलनमा छन्। संयुक्त दलित संघर्ष समितिको आयोजनामा भएको कार्यक्रममा सम्बोधन गर्दै नेकपा सुनसरी जिल्लाका नेता दिल बहादुर रामदामले विगतमा भएको आन्दोलनका लक्ष्य र उद्देश्यहरु सम्झन अनुरोध गरेका थिए। जनयुद्ध , ६२/६३ को जनआन्दोलन मुक्तिका निम्ति थियो ।
समतामूलक समाज निर्माणका लागि थियो ।तर आज २१ औं शताब्दीमा पनि जातिय छुवाछूत तथा भेदभावकै कारण दलितहरु मारिनु राज्यका निम्ति लज्जास्पद घटना भएको बताए । दलित अधिकारको सुनिश्चित गर्न दलित समुदाय मात्र लडेर हुन्न अन्य समुदायले साथ दिनु पर्ने कुरा व्यक्त गरेका हुन् ।उक्त कार्यक्रममा बोल्दै दलित संघका केन्द्रीय सदस्य गोविन्द दर्नालले दलितका निम्ति राज्य कहिल्यै गम्भीर नरहेको कुरा औंल्याए।
सम्पुर्ण दलितहरु एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको कुरा व्यक्त गरे। संघर्ष समिति संयोजक गंगा कालिकोटले रुकुम घटनालाई तोडमोड गरि दोसिलाई जोगाउने खेल भएको र पिडितले न्याय पाउने कुरामा अविस्वास भएका कारण सशक्त खबरदारी गर्नुपर्ने कुरा राखेका थिए। संघर्ष समितिको बैठक बसि थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने संयोजक कालिकोटले बताए ।















