मुगुमा नगर प्रमुखमाथि खुर्सानीको धुलो प्रहार
वि.सं.२०७७ असार १२ शुक्रवार ०९:५६
6.32K
shares
shares

मुगु । छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरीजंग शाहीमाथि खुर्सानीको धुलो प्रहार गरिएको छ । नगरपालिकाको सातौँ नगरसभा उद्घाटनका क्रममा असन्तुष्ट पक्षले नाराबाजी गर्दै नगर प्रमुख शाहीमाथि खुर्सानीको धुलो प्रहार गरेको हो ।
अनुशा टप होटेल एण्ड लजको सभाहलमा बुधबार नगरपालिकाको नगरसभा उद्घाटनका लागि नगरप्रमुख शाहीले दियो बालेर उद्घाटन गर्दै गर्दा खुर्सानी प्रहार गएको प्रहरीले जनाएको छ ।
नगर प्रमुखमाथि फालिएको खुर्सानीको धुलो सुरक्षाकर्मी र कर्मचारीको आँखामा परेको थियो । खुर्सानीको धुलो फालेको अभियोगमा प्रहरीले नगर कार्यपालिकाका सदस्य कर्ण कुलाललाई पक्राउ गरेको छ ।













