चीनद्वारा भारतसंगको सीमा देपसाङमा ठूलो संख्यामा सैनिक तैनाथ
वि.सं.२०७७ असार १२ शुक्रवार १०:२४
7.45K
shares
shares

एजेन्सी । चिनियाँ सेनाले भारत र चीनको सीमा देपसाङ सेक्टरमा आफ्नो गतिविधि बढाउन थालेको छ ।चीनलेपूर्वी लद्दाखको दौलत बेग ओल्डी हवाई स्ट्रीपबाट ३० किलोमिटर र देपसाङबाट २१ किलोमिटर टाढा ठूलो संख्यामा सेना तैनाथ गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारत र चीनबीच भारतको गलवान घाटी, पैङ्गोग र हट स्प्रीङ क्षेत्रमा तनाव जारी छ । लद्दाखको गलवान घाटीमा गत जुन १५ मा भारत र चीनका सैनिकबीच हिंस्रक झडप भएको थियो ।
झडपपछि खिचिएको भूउपग्रहको तस्वीरमा गलवान नदी क्षेत्र नजिक रहेको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) को दुवैतिर चीनको सेनाले क्याम्पको निर्माणलाई तीव्र बनाएको छ ।
एलएसीको नजिक थुप्रै क्याम्प निर्माण भएको तस्विरमा देख्न सकिन्छ । गलवान घाटीमा १५ जुन भएको हिंसक झडपमा भारतका २० सैनिक मारिएका थिए ।









