अमेरिकाद्वारा चिनियाँ भिसामा बन्देज

6.12K
shares

वासिङ्टन,(एजेन्सी)

अमेरिकी विदेश मन्त्री माइक पोम्पियाले चीन हङकङको स्वतन्त्रता दमन गर्ने कार्यमा जिम्मेवार रहेको विश्वास गर्दै वासिङ्टनले चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीलाई भिसामा बन्देज लगाउने भएको जानकारी दिएका छन् ।

पेम्पियोले सो प्रतिबन्ध पार्टीका वर्तमान तथा पूर्व अधिकारीमाथि लक्षित रहेको बताएका छन् । हङकङको स्वायत्ततामा ठेस पुग्न सक्ने त्यहाँ नयाँ सुरक्षा कानुन प्रस्ताव राखेको कारण बेइजिङमाथि कारबाही गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिबद्धताअनुरूप यो कदम उठाइन लागेको पनि बताएका छन् ।

चीनले अमेरिकाको यो निर्णय गलत भएको र यसलाई फिर्ता लिइनुपर्ने विचार व्यक्त गरेको छ । चीनको संसद्को बैठक बस्ने केही दिनअघि यो प्रसंग बाहिर आएको हो । आइतबारदेखिशुरू हुने नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिको बैठकमा नयाँ कानुनबारे छलफल हुँदैछ ।