बढ्यो पेट्रोल,डिजेल र मट्टितेलको मूल्य

6.73K
shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। भारतबाट आउने मूल्यसूची बढेर आएकाले सोअनुसार समायोजन गरिएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेको छ । त्यस्तै मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ।

बढेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ।काठमाडौंमा अब पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ।खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।

चारआली, बिराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज, धनगढी डिपोबाट १५ किलोमिटरको दूरीभित्र पेट्रोलको खुद्रामूल्य प्रतिलिटर ९९ रुपैयाँ ५० पैसा, डिजेलरमट्टितेलको ८५ रुपैयाँ ५० पैसा पर्नेछ । त्यस्तै पोखरा र दाङ डिपोबाट १५ किलोमिटर दूरीभित्र पेट्रोलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ ५० पैसा, डिजेलरमट्टितेलको ८६ रुपैयाँ ५० पैसा पर्नेछ।

थनकोट, सुर्खेत र दिपायल डिपोबाट १५ किलोमिटर दूरीसम्मको क्षेत्रमा पेट्रोल प्रतिलिटर १०१ रुपैयाँ, डिजेलरमट्टितेल ८७ रुपैयाँ पर्ने निगमले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083