केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर देशलाई बचाऔँ : डा. बाबुराम भट्टराई

11.22K
shares

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर देशलाई बचाउन आग्रह गरेका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नेकपा किन अलमलमा परेको भन्दै शनिबार बिहान ट्वीट गर्दै भट्टराईले प्रश्न समेत गरेका छन् ।

उनले ‘संसदबाटै संकटमोचन किन हुन्न ? ओली हटाऔं, देश बचाऔं,’ ट्वीटमा लेखेका छन् ।

प्रधानमन्त्री ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर गएको आरोप पनि भट्टराईले लगाए ।

उनले हिटलरसँग तुलना गर्दै ओलीको आलोचना समेत गरेका छन् ।‘प्रधानमन्त्री ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ,’ ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘हिटलर पनि निर्वाचित थिए । चरम राष्ट्रवाद उनको पनि हतियार थियो । आखिर के भयो ?’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083