ओलीको नयाँ राजनीतिक याेजना : मंसिरमा महाधिवेशन, प्रचण्ड-नेपाल जिल्ल
वि.सं.२०७७ साउन ३ शनिवार २१:२२
shares

File photo
काठमाडौं । लामो समयदेखि पार्टी भित्र सबै कमिटीमा अल्पमतमा परेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो संकट टार्न नयाँ राजनीतिक फण्डा झिकेका छन् ।
आज बसेको सचिवालयको बैठकमा अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् ।
पार्टीका अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुको दबावका बावजुद प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान लिइरहेका ओलीले महाधिवेशनको नयाँ प्रस्ताव अघि सारेपछि प्रचण्ड र बरिष्ठ नेता नेपाल अलमलमा परेको छन् ।
ओलीको प्रस्ताव सकारात्मक भएपनि पत्याउन नसकिने सचिवालय बैठकमा नेताहरुले बताएका छन् ।
विगतमा आफु संकटमा पर्दा ओलीले नयाँ नयाँ फण्डा झिकेर आफ्नो संकट टार्दै आएका छन् ।
निर्णय हुँदा पनि कार्यान्वयन नभएको भन्दै नेताहरुले बैठकमा लिखित प्रस्ताव ल्याउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।
पार्टीको निर्णयभन्दा पनि ओलीले स्वेच्छादारीमा संगठन तथा सरकार चलाउँदै आएपछि सबै नेता ओलीसँग रुष्ट बनेका छन् ।
ओलीलाई प्रचण्ड, बरिष्ठ नेता नेपाल, झलनाथ खनाल र पार्टी उपाध्यक्ष गौतमले अध्यक्ष तथा सरकारबाट राजीनामा दिन दबाब दिएको भएपनि ओली एक इन्च पनि पछि हटेका छैनन् ।
केही दिन अघि पाटीृ फुटको संघारमा पुगेको बेला चिनिँया राजदुतले बचाएको राजनीतिक बृतमा चर्चा चलको थियो ।





















