सुशान्तकी पूर्व प्रेमिकालाई बलात्कार गर्ने धम्की
वि.सं.२०७७ साउन ४ आइतवार १७:१८
shares

बलिउडकी अभिनेत्री रिया चक्रवर्ती, जसलाई उनको प्रेमी सुशान्त सिंह राजपूतको असामयिक निधनको आरोप लगाइएको थियो । अहिले अभिनेत्री रियाले मुम्बईको सांताक्रुज प्रहरी चौकीमा एक आधिकारिक उजुरी दर्ता गरेकी छिन् ।
सुशान्तको निधन पश्चात सामाजिक सञ्जालहरुमा अभिनेत्री रियाको चौतर्फी आलोचना तथा निन्दा भोग्दै आएकी छिन् । यसैबीच उनलाई अहिले मार्ने र बलात्कारको धम्की आएको छ ।
भारतीय संचार माध्यमका अनुसार रियाले आधिकारिक रूपमा दुई इन्स्टाग्राम एकाउन्ट विरुद्ध अश्लील र धम्कीको सन्देश आएको भन्दै सान्ताक्रुज प्रहरीमा उजुरी दर्ता गरेकी छिन् ।
उनले इन्स्टाग्राम एकाउन्टमा आफुले प्राप्त गरेको धम्कीको स्क्रिनसट पनि सार्वजनिक गरेकी छिन् ।
उनले साइबर क्राइम हेल्पलाइन र साइबर क्राइम इन्डियालाई उक्त धम्कीको पोस्टमा ट्याग समेत गरेकी छिन् ।
स्क्रिनशट सार्वजनिक गर्दै उनले, ‘मलाई सम्पतिको पछि भाग्ने मानिस भनियो, म चुप रहें । मलाई हत्यारा भनियो, म चुप रहेँ ।
मलाई संसारको अगाडि लज्जीत गरियो, म चुप रहेँ । तर, मेरो मौनताको तिमीले कसरी फाइदा उठाउन सक्छौ र मलाई आत्महत्या गर्न प्रेररित गर्न सक्छौ ?




















