नेपालमा कोरोना संक्रमित संख्या १७ हजार ६५८ पुग्यो
वि.सं.२०७७ साउन ४ आइतवार १७:३१
shares

काठमाडौं । थप १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
यो सँगै हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये ११ हजार ६ सय ९५ जना उपचारपछि घर फर्किएका छन् भने ४० जनाको ज्यान गएको छ ।
राजविराजमा मृत्यु भएका वृद्धको परिवारका सबैलाई कोरोना
यसै बीच कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु भएका राजविराज नगरपालिका–६ का ७२ वर्षीय वृद्धको परिवारका सबैलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मुटुमा समस्या भएपछि गत असार ३० गते उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएका ती वृद्धको कोरोना संक्रमण परीक्षणको रिर्पोट साउन १ गते साँझ आएको र सोही राति नै उनको मृत्यु भएको थियो ।
मृत्युपछि उनको परिवारका सबै सदस्य र उनको पसलका कामदारहरु गरी २३ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये उनको परिवारका २ पुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जनाएका छन् । उनको पसलमा काम गर्ने अन्य १६ जनाको रिर्पोट आइनसकेको यादवले बताए ।
लकडाउन सुरु हुनुभन्दा अगाडि नै उपचारका लागि दिल्ली गएका ती वृद्ध लडकाउनकै अवधिमा दिल्लीबाट बिहारको दरभंगामा आएर बसेका थिए । १३ दिनअघि मात्र नेपाल आएका उनी क्वारेन्टाइनमा नगएर घरमै ‘होम क्वारेन्टाइन’ बस्दै आएका थिए ।




















