नेपालमा थप एक जनाको कोरोनाभाइरसबाट मृत्यु
वि.सं.२०७७ साउन ७ बुधवार ०८:४५
9.58K
shares
shares

धरान : कोरोनाभाइरसका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ ।
वीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा महोत्तरीका ६० वर्षीय शशि भुषण झाको कोरोनाका कारण मंगलबार राति निधन भएको हो ।
प्रतिष्ठानको मेडिशन विभाग प्रमुख प्रा.डा संजिवकुमार शर्माका अनुसार साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसुलेशन कार्डमा भर्ना भएका थिए ।
प्रतिष्ठान भर्ना भएका मृतकको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा. शर्माले बताए ।
मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

















