काठमाडौं छिर्न अझै पास चाहिने
वि.सं.२०७७ साउन ७ बुधवार १७:५९
8.2K
shares
shares

सरकारले पूर्ण रूपमा लकडाउन सकिएको भने पनि काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने भएको छ ।
अन्तर जिल्ला सवारी साधन सञ्चालन गर्न रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयले जनाएको छ ।
‘लकडाउन सकिएको भए पनि अन्तरजिल्ला सवारी साधन चलाउन पाइँदैन । त्यसैले काठमाडौं प्रवेशका लागि पास चाहिने व्यवस्था निरन्तर छ,’ गृह मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले भने ।
सरकारले भदौ १ गतेदेखि मात्रै अन्तरजिल्ला सवारी साधन सञ्चालन गर्न पाइने बताएको छ ।



















