लम्कीचुहा नगरपालिकामा अख्तियारको छापा, कर्मचारीहरुको भागाभाग
वि.सं.२०७७ साउन ७ बुधवार १७:००
9.09K
shares
shares

कैलालीको लम्कीचुहा नगरपालिकामा अख्तियारले छापा हानेको छ। कागजपत्र नियन्त्रणमा लिनेक्रममा केही कर्मचारीको भागाभाग समेत भएको छ।
कर्मचारीले गत आर्थिक वर्षको मिति राखेर पालिकाको आवासगृहमै कानून विपरीत चेक काटेको समाचार सञ्चार माध्यममा प्रकाशन र प्रशारण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले छापा हानेको हो।
अख्तियार कञ्चनपुरका प्रमुख खगेन्द्र रिजालले आर्थिक बर्ष सकिए पनि पूरानो मिति राखेर भुक्तानी भईरहेको उजुरी आएपछि टोली लम्कीचुहा पठाईएको बताए। अख्तियारको टोलीले नगरपालिकाका कागजात समेत नियन्त्रणमा लिईसकेको छ।
नगरपालिकाका लेखा अधिकृत धर्मराज उपाध्याय, लेखापाल सरोजकुमार चौधरीलगायत कर्मचारी आवासगृहमा बसेर चेक काटिरहेको अवस्थामा फेला परेका थिए।































