प्रधानन्यायधीश चोलेन्द्र समशेर राणालाई महाअभियोग लगाउन सरकारलाई चौतर्फी दबाब

6.33K
shares

सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र समशेर राणालाई महाअभियोग लगाउन सरकारलाई चौतर्फी दबाब परेको छ ।

चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले पत्नी हत्यारा कोईरालाको सजाय घटाएसँगै उनी ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर बिहीबार जेलमुक्त भएका थिए । सर्वोच्चको फैसलापछि रिहा भएका हत्यारा पूर्वडीआईजी रन्जन कोइरालालाई हदैसम्म सजाय हुनुपर्ने सरकार (महान्यायाधिवक्ताको कार्यालय) ले माग गरेको छ ।

त्यस्तै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि न्यायधीश जबरालाई महाअभियोग लगाउनु पर्ने भन्दै सामाजिक संजालमा टुईट गरेका छन् ।

प्रधानन्याधीश जबरालाई महाअभियोग लगाउनु पर्ने पर्ने माग गर्दै हिजो राजधानीमा नागरिक समाजले प्रदर्शन गरेको छ ।

त्यस्तै विवेकशील नेपालले पनि छुट्टै प्रदर्शन गरेको थियो । यति बेला सामाजिक संजाल फेसबुकमा पत्नी हत्यारा कोईरालाई सजाय छुट दिएको भन्दै प्रधानन्यायधीश जबरालाई महाअभियोग लगाउनु पर्ने प्रयोगकर्ताहरुको माग छ ।

विभिन्न राजनीतिक दलले पनि प्रधानन्यायधीश कोईरालालाई महाअभियोग लगाउनु पर्ने माग गरिरेका छन् ।

सर्वोच्च अदालतले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । सो मुद्दामा जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको सजाय घटाउने फैसला गरेको थियो ।

नेश्नल डिफेन्स कोर्सका लागि चीनमा रहेका तत्कालीन डीआईजी कोइरालाले विदामा काठमाडौं आएका वेला २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए । महाराजगञ्जमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन पालुङमा शव जलाएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083