राप्रपाका ३० नेता-कार्यकर्ताले  दिए संयुक्त राजीना: कांग्रेस प्रवेश गर्ने तयारी!

8.35K
shares

काठमाडौं । पूर्वमन्त्री सुनीलबहादुर थापासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३० नेता-कार्यकर्ताले  संयुक्त राजीनामा दिएका छन् ।

शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनील, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३० जनाले राजीनामा दिएका हुन् ।

नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकर्षण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख छ ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनील आफ्नो समूहसहित नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा छन् । थापालाई कांग्रेसले पदाधिकारी दिने बताइएको छ ।
क–कसले छाडे पार्टी ?

थापासहितका ३० जना नेताहरुले शनिबार साँझ पार्टी अध्यक्ष पशुपतिसमशेर राणालाई इमेलमार्फत संयुक्त राजीनामा बुझाएका छन् । पार्टी परित्याग गर्ने समूहको नेतृत्वकर्ता महामन्त्री थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । पार्टीमा सहमहामन्त्री रहेका उनी पूर्वउद्योग वाणिज्य मन्त्री हुन् । त्यस्तै अर्का सिन्धुपाल्चोकका नेता विष्णु विक्रम थापा पार्टीको  कार्यसम्पादन समितिका सदस्य तथा पूर्व गृहराज्यमन्त्री हुन् ।
राप्रपाबाट संयुक्त राजीनामा दिनेहरुमा सुनीलबहादुर थापा, विष्णु विक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलिप राई, आशाराम चौधरी, चन्द्रबहादुर घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ साह, नारायण राउत, इन्द्रबहादुर तामाङ र राजकुमार राई छन् ।
त्यसैगरी डम्बरबहादुर राई, माधव पौडेल, अर्जुनविक्रम थापा, हरेन्द्रप्रसाद यादव, रुपनारायण यादव, भिखारीलाल यादव, महेन्द्र बस्नेत, गोपी ठकुरीडोलनाथ आचार्य, दबिबल तामाङ, मदन घिमिरे र ध्रुब थापाले पनि पार्टी परित्याग गरेका छन् ।
थापाको गृहजिल्ला धनकुटाबाट जिल्ला कार्यसमितका सम्पूर्ण सदस्य र स्थानीय कमिटीहरु राप्रपाबाट अलग भएको राजीनामा पत्रमा दाबी गरिएको छ ।
पार्टी परित्याग गर्नेहरुमा धनकुटापछि सिन्धुपाल्चोकका कार्यकर्ता बढी छन् । बारा, धनुषा, सर्लाही लगायतका जिल्लाबाट पनि केही कार्यकर्ताहरु थापासँगै राप्रपाबाट बाहिरिएका छन् ।
सूर्यबहादुर थापाको लाइन छाडेको आरोप
राप्रपाले पार्टीका संस्थापक अध्यक्ष स्व. सूर्यबहादुर थापाको उदार प्रजातान्त्रिक दृष्टिकोण एवं परिवर्तनलाई आत्मसात् गर्ने नीति परित्याग गरेर गणतन्त्रविरोधी नीति अवलम्बन गरेका कारण पार्टीबाट अलग भएको संयुक्त राजीनामा पत्रमा उल्लेख छ ।


divya collage
unigloble collage