इतिहासमा आज : ७० मिनेटभित्र २१ वटा बम बिस्फोट
वि.सं.२०७७ साउन ११ आइतवार ०७:५५
shares

आज २६ जुलाई । सन् २००८ मा भारतको अहमदावादमा शृंखलावद्ध रुपमा बम बिस्फोट हुँदा ५६ जनाको मृत्यु भयो भने २०० भन्दा बढी व्यक्ति घाइते भए ।
गुजरात राज्यस्थित अहमदावाद पश्चिमी भारतको सांस्कृतिक तथा आर्थिक नगरीका रुपमा चिनिन्छ । तुलनात्मक रुपमा कम शक्तिशाली बम भएपनि शृंखलावद्ध रुपमा धेरै ठाउँमा बिस्फोट भएकाले धेरैको ज्यान गएको थियो ।
यस्तै बम एक दिनअघि बैङ्लोरमा पठाइएको थियो । भारतीय टिभी च्यानलहरुका अनुसार यस घटना हुनभन्दा ५ मिनेटअघि उनीहरुको कार्यालय ठेगानामा इन्डियन मुजाहिद्दिनले इमेल गरेको थियो, जहाँ ५ मिनेटपछि शृंखलावद्ध बिस्फोट हुने धम्की उल्लेख थियो । यता, अर्को इस्लामिक सैन्य समूह हर्कत उल जिहाद अल इस्लामीले पनि यस घटना आफुले गराएको दाबी ग¥यो । घटनाका मुख्य योजनाकार भनिएका मुफ्ती अबु बसिरसँगै प्रहरीले बिस्फोटमा संलग्न ९ जनालाई विभिन्न स्थानबाट पक्राउ ग¥यो ।
साइकलमा टिफिन बोक्न प्रयोग गरिने बक्सामा बम राखिएको थियो, यस्तै शैली १३ मेमा जयपुरमा भएको बिस्फोटमा अपनाइएको थियो ।
धेरै जसो बिस्फोट अहमदावाद महानगरीय यातायत सेवालाई निशाना बनाएर गरिएको थियो । बिस्फोट सुरु भएको झन्डै ४० मिनेटपछि दुुईवटा बम अस्पताल परिसरमा पड्किए । सुरुवाती बिस्फोटपछि घाइते भएकाहरुलाई अस्पताल ल्याइएको अवस्थामा अस्पताल परिसरभित्रै एउटा बम पड्कियोे ।
धेरै समाचार एन्जेन्सीहरुका अनुसार उनीहरुलाई बिस्फोट हुुनभन्दा ५ मिनेटअघि १४ पृष्ठ लामो इमेलप्राप्त भएको थियो । ‘गुजरातमा बदलाका लागि ५ मिनेट प्रतिक्षा गर्नुस्,’ इमेलमा लेखिएको थियो । आक्रमणकारीले सन् २००२ को गुजरात हिंसातर्फ इशारा गर्दै बदलाको विषय उल्लेख गरेका थिए ।
यो इमेल इन्डियन मुजाहिद्दिन नामक समूहले पठाएको थियो । ‘अल्लाहको नाममा इन्डियन मुुजाहिद्निले फेरि आक्रमण गर्छ । जे सक्छौं गर,’ इमेलमा लेखिएको थियो । यस इमेलमा महाराष्ट्रका मुख्यमन्त्री विलासराव देशमुख, सहायक मुख्यमन्त्री आरआर पटेल, व्यापारी मुकेश अम्बानी र धेरै बलिउड अभिनेतालाई धम्की दिइएको थियो ।


















