सुनको भाउ बढेको बढ्यै, तोलाकै ९६ हजार ३ सय रुपैयाँ पुग्यो

6.25K
shares

काठमाडौं । पछिल्लो केही दिनदेखि बढेर दैनिक नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्यले आइतबार पनि नयाँ रेकर्ड कायम गरेको छ ।

एक वर्ष अवधिमा मात्रै सुनको मूल्य एक तोलामा करिब ३१ हजार रुपैयाँले बढेको छ । सुन अहिलेसम्मकै सबैभन्दा बढी महंगो भएको छ । आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आज छापावाला सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ५५ रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार सुनको मूल्य एक हजार ३ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083