रुपन्देहीमा कार दुर्घटना, तीन जनाको मृत्यु
वि.सं.२०७७ साउन २४ शनिवार ०८:५५
6.12K
shares
shares

रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
रुपन्देही रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी सडकखण्डमा लु २ च ६७५६ नं.को कार नियन्त्रित भई पल्टदा ३ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार ४ जना घाइतेलाई उपचारको लागी भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको हो।
मृत्युहुने ३ जनामध्ये १ जनाको मात्र पहिचान खुलेको छ। दुर्घटनामा परेर रुपन्देही ओमसतिया गाउँपालिका ४ बालापुरका २६ को देवेन्द्र चौधरी रहेका छन।
अन्य २ जनाको परिचय खुल्न बाँकी रहेको छ। घाइते रुपन्देही सिद्धार्थ नगरपालिका-४ का ३० वर्षीय अनिल यादव रहेका छन्।


















