यस्तो आयो गृहमन्त्री थापाको कोरोना रिपोर्ट
वि.सं.२०७७ साउन २४ शनिवार १५:१९
8.48K
shares
shares

गृहमन्त्री रामबहादुर थापाको काेराेना भाइरस रिपोर्ट नेगेटिभ आएको छ।
प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोभिड–१९ भएको पुष्टि भएपछि गृहमन्त्री थापाको पनि कोभिड–१९ परीक्षण गरिएको थियो।
गृहमन्त्रीको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिएका छन्।
कोभिड–१९ देखिएका मन्त्री यादव प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सामेल भई देशकै शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए।






























