सप्तरीमा सर्पको टोकाइबाट एकको मृत्यु, एक घाइते

12.29K
shares

सप्तरी- सप्तरीमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा राजविराज नगरपालिका– १६ बोरिया बस्ने पवन देवका १६ वर्षीय छोरा गोलु देव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

घर नजिकै डुलिरहेका अवस्थामा उनलाई विषालु सर्पले टोकेको थियो। उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पुर्‍याइएको थियो। थप उपचारका लागि धरान लगिने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै सप्तरीको राजगढ गाउँपालिका– ३ स्थित नर्घोमा शनिबार बिहान सर्पको टोकाइबाट एक किशोरी सिकिस्त भएकी छिन्। स्थानीय विन्देश्वर शर्माको २३ वर्षीय छोरी राधा शर्मालाई विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ।

गाईगोठमा काम गरिरहेकाे अवस्थामा उनलाई विषालु सर्पले टोकेको थियो। उनको उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


unigloble collage
baneshwor multiple campus ad -2083