कोरोनाबाट भारतमा थप २ नेपालीको मृत्यु, मृतक नेपालीको संख्या १९१ पुग्यो

7.32K
shares

कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा एक सय ९१ जना नेपालीको मृत्यु भएको छ।

गैर आवासीय नेपाली संघका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीको संक्रमणको कारण निधन भएको छ। शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा गरेर दुई सय ६४ नेपालीको कोरोनाकै कारणले निधन भैसकेको छ।

संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप सङ्क्रमण देखिएको छ। गत साताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायतमा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ। यस साता अष्ट्रेलिया रहेका १ सय ४६ नेपालीमा नयाँ सङ्क्रमण थपिएको समितिले जनाएको छ।

समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपाली सङ्क्रमितहरु सङ्क्रमणमुक्त हुँदै गएका छन्। विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रिकालगायतका देशमा रहेका नेपालीको निधन हो।

हालसम्म नेपालसहित विदेशमा रहेका ५५ हजार ९२५ जनामा कोरोना सङ्क्रमण देखिएको छ। ती मध्ये ४७ हजार ४३७ कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083