पत्रकार बलराम बानियाँ मृत फेला

6.85K
shares

काठमाडौँ : दुई दिनदेखि सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव फेला परेको छ ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको शव मंगलबार बिहान ११ बजे मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो ।

उनको शव हाल हेटौंडा अस्पतालमा राखिएको छ ।

बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन थिए । बल्खुचोकमा सोमबार करिब पौने चार बजे उनी देखिएका प्रहरीले जानकारी दिएको छ । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको प्रहरीले जनाएको छ ।

एसएसपी थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए ।

तर पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् । त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083