त्रिवि शिक्षण अस्पतालमा ६ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, इमर्जेन्सी कक्ष बन्द!

5.69K
shares

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको इमर्जेन्सीमा कार्यरत ६ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
अस्पतालका कोभिड कोअर्डिनेटर डा. सन्तकुमार दासका अनुसार दुई डाक्टर र चार नर्समा संक्रमण पुष्टि भएको हो । संक्रमित चिकित्सकमा लक्षण समेत छ ।

चिकित्सकबाट अरुलाई पनि संक्रमण सरेको हुनसक्ने भएकाले भोलि बिहीबारबाट अस्पतालको आकस्मिक सेवा बन्द गर्ने निर्णय भएको छ । ओपीडी सेवा भने सञ्चालन नै रहनेछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083