मध्यराति स्कुटर चोरी गर्दै गर्दा ३ जना पक्राउ
वि.सं.२०७७ साउन २९ बिहीवार ०८:४४
6.21K
shares
shares

प्रहरीले पोखराबाट मोटरसाइकल तथा स्कुटर चोरी गर्ने ३ जनालाई पक्राउ गरेको छ ।
पोखरा उपत्यका र आसपासका स्थानबाट विभिन्न समय र स्थानबाट मोटरसाइकल र स्कुटर चोरी भाग्ने ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
एक स्कुटर चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरूबाट थप २ वटा चोरीका स्कुटरसमेत बरामद भएको प्रहरीले जनाएको छ । साथै, ५ थान मोबाइल सेटसमेत फेला परेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखा साविक थालाजुङ गाविस-४ स्थायी घर भई पोखरा लेखनाथ-३ नदीपुर बस्दै आएका १९ वर्षीय सन्दीप श्रीमल, पोखरा लेखनाथकै २ जना १५ वर्षीय छन् ।
उनीहरूलाई चोरी तथा डाँका कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






























