नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

7.29K
shares

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०९ जना डिस्चार्ज भएको जानकारी दिए।

यस सँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १६ हजार ८ सय ३७ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको छ।

हाल देशभर १४ हजार ७ सय ६९ जना क्वारेन्टिनमा रहेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083